संशोधनबारे राप्रपासँग कुरा गर्छु भन्दै देउवाले मागे मोर्चासँग समय

161
  •  
  •  
  •  

congress–maoist–morchaकाठमाडौं, १७ फागुन (ओएनएस) : संविधान संशोधन विधेयक र स्थानीय तहको निर्वाचनमा सहमति जुटाउन भन्दै आह्वान गरिएको सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा मधेसी मोर्चाबीचको बैठक निष्कर्षबिनै टुंगिएको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा मोर्चाका नेताहरुले संविधान संशोधन विधेयक पारित नभई निर्वाचनमा जान नसकिने बताए, भने कांग्रेस– माओवादी केन्द्रका नेताले संशोधन पारित गर्न प्रयासरत आश्वासन दिए ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संशोधन विधेयक पारित गराउन राप्रपासँग कुरा गर्ने बुधबारसम्म पर्खन मधेसी मोर्चालाई आग्रह गरे ।

प्रम प्रचण्डले अहिले नै संशोधन पारित हुन नसक्ने संकेत गर्दै स्थानीय तह निर्वाचनपछि पास गराउने र त्यसका लागि निर्वाचनमा भाग लिन मोर्चाका नेतालाई आग्रह गरेका थिए ।

तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले भने संविधान संशोधन पछि मात्रै निर्वाचनमा जाने बताए ।


  •  
  •  
  •