कांग्रेसले मधेसी मोर्चासँग छुट्टै वार्ता गर्दै

137
  •  
  •  
  •  

काठमाडौं २८ कात्तिक (ओएनएस) :नेपाली काँग्रेसले मधेसी मोर्चासँग छुट्टै वार्ता गर्ने भएको छ ।  सीमा नाकामा देखिएका समस्या समाधानका लागि पहल गर्न कांग्रेसले जनाएको छ । मधेसवादी दलका नेता राजधानी बाहिर रहेकाले तिहामरअघि वार्ता हुन नसकेको र सम्भव आए छलफल गरेर छठलगत्तै निर्णायक पहल गर्ने नेताहरुले बताएको छन् ।

कार्यवाह सभापति रामचन्द्र पौडेलले आफुले विशेष पहल गरिरहेको बताएका छन् । काँग्रेसको मध्यस्थतामा मधेसवादी नेतासँग वार्ता प्रक्रिया अगाडि बढाई समस्या समाधान गर्न आफुले पहल गरिरहेको आज छलफलको सम्भावना रहेको उनले बताए ।  काँग्रेसले गएको मङ्गलबार मोर्चाका नेतासँग पनि छुट्टाछुट्टै भेट गरी आपूर्ति व्यवस्थामा देखिएको असहज अवस्था तत्काल अन्त्य गर्न वार्तामार्फत पहल गनुपर्ने धारणा राखेको थियो ।


  •  
  •  
  •