सरकार बाहिर रहेर राजनीतिको निकास र जनताको विकास : नेता पौडेल

271
  •  
  •  
  •  

काठमाडौं, २७ चैत(ओएनएस) : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसले सरकारमा जान हतार गर्ने भन्दा पनि सरकार बाहिर बसेर राजनीतिलाई निकास र जनतालाई विकास दिने लक्ष्य बनाउनुपर्ने बताएका छन् ।

गृह जिल्ला तनहुँको दमौलीमा आयोजित नयाँ बर्षको शुभकामना आदान प्रदान कार्यक्रममा वरिष्ठ नेता पौडेलले राजनीतिको नाममा अनेक प्रकारका विकृति भित्रिएको भन्दै पहिले ती विकृतीलाई हटाएर पारदर्शिता र स्वच्छ व्यवहारको राजनीति गर्नुपर्ने बताए ।

उनले राजनीतिलाई भष्ट्राचार मुक्त गराई राजनीतिलाई सम्मानित गराउने आफ्नो लक्ष्य पुरा गरेर छोड्ने प्रतिवद्धता जनाउदै अब हतियारको बलमा होईन विचारको बलमा समाजलाई परिवर्तन गर्नुपर्ने बताए ।

उनले गाउँ-गाउँमा पनि राजनीतिलाई सम्मानित बनाउन सकिन्छ भन्ने अभियान चलाउन आग्रह गरेका छन् । पौडेलले भने, ‘ कांग्रेसले सरकारमा जान हतार गर्न हुदैन सरकार भन्दा बाहिर बसेर पनि राजनीतिलाई निकास र जनतालाई विकास दिने नेपाली कांग्रेसको लक्ष्य बनाउनुपर्छ । त्यो अभियानलाई गाँउ गाँउबाट जनताले साथ दिनुपर्छ ।’

उनले अहिले भुकम्प पीडित जनताको विजोग भएको बताउदै अहिेले वार फुटिङमा काम गर्ने बेला भएको तर, सरकारले संतोषजनक काम गर्न नसकेको बताए । पौडेलले भने, ‘हामीलाई दुनियाले धनी देशका गरिब जनता भनेर भनेका छन् । हामी सोच बदेल्ने प्रतिवद्धता हुनुपर्छ ।’


  •  
  •  
  •