जातीय राज्य हुँदैन : केसी

303
  •  
  •  
  •  

arjunकाठमाडाैँ, २८ साउन :  नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले जातीय आधारमा संघीयता कुनै पनि हालतमा नहुने बताएका छन् । उनले संविधान सबै जातजाति र भाषाभाषीको दपर्णका रुपमा ल्याइने बताए ।

नेपाल विद्यार्थी संघ काठमाडौँ ३ नं क्षेत्रीय समितिको ११औँ अधिवेशनको बुधबार जोरपाटीमा उद्घाटन गर्दै नेता केसीले लोकतन्त्र, मानव अधिकार, र प्रेस स्वतन्त्रताका विषयमा कसैसित पनि सम्झौता नगरिकन कांग्रेसको नेतृत्वमा माघ ८ गतेभित्र संविधान जारी गर्नका लागि पार्टी पङ्क्ति क्रियाशील भएको बताए । उनले एक सय २५ जातजाति र १२३ भाषाभाषी भएको देशमा कुनै पनि जात विशेषको एकल जातीय राज्य हुन नसक्ने कांग्रेसको दृष्टिकोण स्पष्ट पारे ।


  •  
  •  
  •