कांग्रेस संसदीय दलको मनोनयन सकियो, क-कसले दिए उम्मेदवारी ?

209
  •  
  •  
  •  

काठमाडौँ, २५ चैत(ओएनएस) : नेपाली कांग्रेस व्यवस्थापिका–संसद्, संसदीय दल कार्यसमितिको शुक्रबार हुने निर्वाचनका लागि मनोनयन दर्ताको काम सम्पन्न भएको छ ।

शुक्रबार हुने निर्वाचनमा उम्मेदवारी दिएकाहरूको नामावली प्रकाशित भएको छ । कांग्रेस संसदीय दलको विधानअनुसार सात प्रदेशबाट एक/एकजनाका दरले सातजना र समानुपातिक प्रतिनिधित्वको सिद्धान्तअनुसार विभिन्न आरक्षण १५ पदमा शुक्रबार निर्वाचन हुँदैछ ।

पिछडिएको क्षेत्रतर्फ एक पदका लागि राजिवविक्रम शाहको एकमात्र उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएका छन् ।

एक नम्बर प्रदेशबाट दीपक खड्का र तारामान गुरुङ, दुई नम्बर प्रदेशबाट प्रेम किशोरप्रसाद साह तेली र तेजुलाल चौधरी, तीन नम्बर प्रदेशबाट ध्यानगोविन्द रञ्जित र रामेश्वरप्रसाद ढुङ्गेलले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै चार नम्बर प्रदेशबाट कमलप्रसाद पङ्गेनी र रामचन्द्र पोखरेल, पाँच नम्बर प्रदेशबाट विक्रम खनाल र सञ्जयकुमार गौतम, छ नम्बर प्रदेशबाट तप्तबहादुर विष्ट र रीता शाही र सात नम्बर प्रदेशबाट दीर्घराज भाट र भरतबहादुर खड्काले उम्मेदवारी दिएका छन् ।

समावेशीतर्फ आदिवासी/जनजाति पुरुषतर्फ दुई पदका लागि आङ्टावा शेर्पा, तीर्थबहादुर लामा, झुलबहादुर आले र कञ्चनचन्द्र वादेको उम्मेदवारी परेको छ भने आदिवासी/जनजाति महिलातर्फ दुई पदका लागि ज्ञानकुमारी छन्त्याल, उषा गुरुङ, राज्यलक्ष्मी श्रेष्ठ र पुष्पलता लामाले उम्मेदवारी दिएका छन् ।

मधेसी पुरुषतर्फ एक पदका लागि राम अयोध्याप्रसाद यादव, लालबाबु सिंह भुइहार, मधेसी महिलातर्फ दुई पदका लागि रश्मी ठाकुर, प्रमिलादेवी दास र कविताकुमारी सरदारले उम्मेदवारी दिएका छन् ।

त्यस्तै, थारुतर्फ एक पदका लागि भुटनीदेवी खवास र बुद्धिसागर चौधरी, मुस्लिमतर्फ एक पदका लागि अब्दुल रज्जाक र अब्दुल हमिद सिद्धिकी, दलित पुरुषतर्फ एक पदका लागि नरभान कामी र खड्गबहादुर बस्याल, दलित महिलातर्फ एक पदका लागि आषा विक र कल्पना सोपले उम्मेदवारी दिएका छन् ।

खसआर्य पुरुषतर्फ एक पदका लागि बुद्धिराम भन्डारी र राजेन्द्रकुमार केसी, खसआर्य महिलातर्फ दुई पदका लागि मधु शाही ठकुरी, गीता वाग्ले, चन्द्रादेवी जोशी र सारदा पौडेलले उम्मेदवारी दिएका छन् ।

कांग्रेस संसदीय दल कार्यसमितिको निर्वाचन विद्युतीय मतदानबाट हुने भएको छ ।

निर्वाचन समितिले उम्मेदवारी दर्ताका लागि बिहिबार बिहान ११ देखि अपराह्न १ बजेसम्म समय निर्धारण गरेको थियो ।

समितिका उम्मेदवारीको अन्तिम नामावली चैत २५ गते अपराह्न ५:३० बजे प्रकाशन गरिनेछ । कार्यसमितिको निर्वाचन शुक्रबार बिहान ९ देखि दिउँसो १२ बजेसम्म हुने समितिले जनाएको छ ।

कार्यसमितिमा २२ पदको निर्वाचनसँगै कम्तीमा तीन महिलासहित नौजना मनोनीत हुने दलको विधानमा व्यवस्था छ । त्यसबाहेक समितिमा संसदीय दलको नेता र उपनेतासहित महामन्त्री, प्रमुख सचेतक, सचेतक र पार्टी सरकारमा भएको अवस्थामा कानुनमन्त्री पदेन सदस्य हुने प्रावधान छ ।


  •  
  •  
  •