का‌ंग्रेस संसदीय दलको नेता चुन्न मतदान

277
  •  
  •  
  •  

काठमाडौं, २१ फागुन (ओएनएस) :सिंहदरबारस्थित नेपाली काँग्रेसकाे संसदीय दलको कार्यालयमा काँग्रेसकाे संसदीय दलको नेता चयनका लागि मतदान सुरु भएको छ।
संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच प्रतिस्पर्धा हुँदैछ।

संस्थापन पक्षबाट देउवा र पौडेल पक्षबाट सिंहले उम्मेदवारी दिएका हुन्। काँग्रेस संसदीय दलमा ६३ सांसद छन्। निर्वाचित २३ मध्ये धेरै पाैडेल पक्षका धेरै छन् भने समानुपातिकबाट सांसद भएका ४० जनामध्ये अधिकांश देउवा पक्षीय छन्। समग्रमा देउवा बहुमतमा छन्। सभापति देउवाले ३९ अथवा ४० मतका साथ जित्ने स्थिति छ।

प्रत्यासी दुवै नेताले मत खसालेका छन्। निर्वाचन समितिकाअनुसार बिहान १० बजेदेखि सुरु भएको मतदान १ बजेसम्म चल्नेछ।


  •  
  •  
  •