काठमाडौँ, २२ फागुन(ओएनएस) : नेपाली कांग्रेसको जारी महाधिवेशनमा नयाँ नेतृत्वको लागि उम्मेदवारहरूमाथि दावी विरोध तथा उम्मेदवारी फिर्ता लिने समय सकिएको छ ।
कांग्रेसको पदाधिकारीका दिइएको उम्मेदवारीमाथि दावी विरोध गर्ने समयसीमा सकिएको छ । केही उम्मेदवारविरूद्ध मात्र कार्यकर्ताले दावी विरोध गरेको तर उनीहरूको उजुरी पुष्टी नभएका कारण ३ सय ७५ जनाको उम्मेदवारी नै सदर भएको कांग्रेसले जनाएको छ ।
यस्तै, उम्मेदवारी फिर्ताका लागि तोकिएको समयसीमामा भने ५० भन्दा बढी निवेदन परेको छ । निर्वाचन कमिटीले शनिबार मध्यान्हसम्म उम्मेदवारी फिर्ताको समयसीमा तोकेको थियो ।
उम्मेदवारी फिर्ताका लागि परेको निवेदन अनुसार उम्मेदवारी रद्ध गरी अन्तिम नामावली प्रकाशित गरिने कांग्रेसले जनाएको छ ।