काठमाडौँ, २० फागुन(ओएनएस) : नेपाली कांग्रेसको १३ औँ महाधिवेशन औपचारिक रूपमा सुरू भएको छ ।
खुलामञ्चमा आयोजना गरिएको उद्घाटन समारोहमा कार्यबाहक सभापति रामचन्द्र पौडेलले पानसमा बत्ति बालेर महाधिवेशनको उद्घाटन गरेका हुन् । उक्त समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, एमाओवादी अध्यक्ष प्रचण्ड, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, मन्त्रीहरु विजयकुमार गच्छदार, चित्रबहादुर केसी, सीपी मैनालीलगायतका अतिथिको उपस्थिति रहेको थियो ।
भारतको बिहार राज्यका मुख्यमन्त्री नितिश कुमारको पनि उपस्थिति रहेको छ । साथै, बंगलादेश, कम्बोडिया, पाकिस्तानलगायत अन्य देशबाट पनि महाधिवेशनमा उपस्थित भएका छन् ।
सबैले अतिथिले महाधिवेशनको सफलताको शूभकामना दिएका छन् ।
स्वागत मन्तव्यपछि सुशील कोइराला र वीपी कोइरालाको स्मरणमा प्रकाशित दुईवटा स्मारिका कार्यवाहक सभापति रामचन्द्र पौडेलले विमोचन गरेका छन् ।