काठमाडौँ, २४ फागुन(ओएनएस) : नेपाली कांग्रेसको सभापति चयनका लागि भएको दोस्रो चरणको मतदानपछि मतगणना सुरू भएको छ । राष्ट्रिय सभागृहमा मतगणना भइरहेको छ ।
कांग्रेस निर्वाचन समितिका अनुसार ३ हजार १ सय २० मत खसेको छ । कुल ३ हजार १ सय ६१ मतदाता रहेकोमा ३ हजार १ सय २० मत मात्र खसेको थियो । यो मत पहिलो चरणको निर्वाचन भन्दा कम हो । पहिलो चरणमा भन्दा २८ मत कम हो ।