कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि

147
  •  
  •  
  •  

काठमाडौँ, १८ कात्तिक(ओएनएस) : नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ ।

मंगलबार बसेको बैठकमा समेत समितिको मूक्य एजेण्डामा प्रवेश गर्न नसकेको पार्टीको बैठकमा आजदेखी महाधिवेशनको तयारी लगायत एजेण्डामा छलफल हुने नेताहरुले बताएका छन् । सोमबार सुरु भएको बैठकमा अधिकांश केन्द्रीय सदस्यहरूले प्रधानमन्त्रीमा उम्मेदवारी दिने पार्टी शीर्ष नेतृत्वको गलत निर्णयले अन्य प्रमुख पदहरू समेत गुमाउनु परेको भन्दै आलोचना गरेका छन् ।

केही नेताहरूले नेतृत्वको औपचारिक धारणा नआएसम्म अन्य एजेन्डामा प्रवेश गर्न नहुने अडान राखेपछि मंगलबारको बैठक आलोचना र आरोपप्रत्यारोपमै सकिएको थियो । आजको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।


  •  
  •  
  •