काठमाडौँ, १५ कात्तिक(ओएनएस) : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार ८ बजेसम्मका लागि स्थगित भएको छ ।
पार्टी कार्यालय सानेपामा आइतबार दिउँसो १२ बजेपछि सुरू भएको बैठकमा पार्टीका महामन्त्री कृष्णप्रसाद सिटौलाले महाधिवेशनका लागि विभिन्न समिति बनाउनुपर्ने र संविधान जारी भएपछिको परिस्थितिको समिक्षा गर्नेुपर्ने सम्बन्धमा दुई प्रस्ताव राखेपछि बैठक स्थगित गरिएको हो ।
कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मुख्य रूपमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री पदमा भएको हार, सहयात्री दलहरुसँग बिग्रेको सम्बन्ध लगायतका विषयमा छलफल गर्नका लागि बोलाइएको थियो ।
आइतबार केन्द्रीय समिति बैठक सुरु हुनुअघि पदाधिकारीको बैठकले केन्द्रीय समितिमा छलफलका लागि प्रस्ताव तयार गरेको थियो ।