कांग्रेस केन्द्रीय समिति बैठक आईतबार

156
  •  
  •  
  •  

काठमाडौँ, १४ कात्तिक(ओएनएस) : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आइतबार बस्ने भए‍को छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बिहान ११ बजेदेखी कार्यसमितिको बैठक बस्नेछ । बैठकमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत पदमा पार्टीले दिएको उम्मेदवारीका बारेमा छलफल हुने बताइएको छ ।

यस्तै मधेस आन्दोलन र भारतले लगाएको अघोषित नाकाबन्दी एवम् पार्टीको १३ औँ महाधिवेशनका बारेमा समेत बैठकमा छलफल हुनेछ ।


  •  
  •  
  •