महाधिवेशनपछि कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक आज

182
  •  
  •  
  •  

काठमाडौँ, ५ चैत(ओएनएस) : १३ औँ महाधिवेशनपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको पहिलो बैठक आज बस्दैछ ।

नवनिर्वाचित सभापति शेरबहादुर देउवाले १३ औँ महाधिवेशनपछिको केन्द्रीय कार्यसमितिको पहिलो बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो २ बजेका लागि बोलाएका छन् । बैठकमा पार्टीको आगामी कार्ययोजना, एकताका विषयमा सभापति देउवाले मौखिक प्रस्ताव राख्ने कार्यक्रम रहेको छ ।

त्यस्तै, मधेस केन्द्रित दलहरूलाई विश्वासमा लिएर मधेस समस्या समाधानका लागि कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्न रणनीति बनाउने छ । सभापति देउवाको प्रस्तावमा कार्यसमितिले उपसभापति, महामन्त्री र सह–महामन्त्रीको मनोनयन गर्ने बारेमा पनि छलफल हुने बताइएको छ । बैठकमा उपस्थित हुन कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई आग्रह गरिएको छ ।


  •  
  •  
  •