कांग्रेस केन्द्रीय समितिको कार्यकाल एक वर्ष थपियो

69
  •  
  •  
  •  

काठमाडौं ३० भदौ (ओएनएस) : नेपाली काग्रेसको केन्द्रीय कार्य समितिको कार्यकाल एक वर्ष थपिएको छ । सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले समितिको म्याद थपेको हो । आगामी असोज ५ गते वर्तमान समितिको कार्यकाल सकिने भएकाले र महाधिवेशन गर्न नसकेपछि म्याद थपेको एक सदस्यले जानकारी दिए ।

पार्टी सभापति प्रधानमन्त्री भएपछि केन्द्रीय समितिको बैठक पहिलो पटक बसेको हो । बैठकमा सरकार, आगामी महाधिवेशन र प्रधानमन्त्रीको आगामी अमेरिका भ्रमणबारे छलफल भएको छ ।

संविधानसभाको निर्वाचनपछि पार्टी सभापतिको नेतृत्वमा एमालेसँग मिलेर सरकार गठन गर्ने निर्णय गरेयता केन्द्रीय समितिको बैठक बसेको थिएन ।


  •  
  •  
  •