केबी गुरूङलाई राष्ट्रपतिमा सहयोग गर्न नेमकिपालाई औपचारिक आग्रह

161
  •  
  •  
  •  

काठमाडौँ, १० कात्तिक(ओएनएस) : नेपाली कांग्रेसले राष्ट्रपतिका लागि आफ्नो पार्टीको उम्मेदवार केबि गुरूङलाई सहयोग गर्न नेपाल मजदुर किसान पार्टीलाई औपचारिक रूपमा आग्रह गरेको छ ।

नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छे ‘रोहित’लाई भक्तपुरस्थित नेमकिपाको पार्टी कार्यालयमा भेट गरी केबी गुरूङलाई सहयोग गर्न औपचारिक पत्रमार्फत आग्रह गरिएको हो । कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले अध्यक्ष विजुक्छेलाई भेटेर औपचारिक पत्र दिँदै राष्ट्रपतिका उम्मेदवारी पार्टीका केबी गुरूङलाई सहयोग गर्न आग्रह गरेका हुन् ।

राष्ट्रपति पदका लागि उम्मेदवारी दिएका नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि कांग्रेसले यस्तो आग्रह गरेको हो ।


  •  
  •  
  •