संविधान निर्माणमा कांग्रेस–एमालेको साझा धारणा

58
  •  
  •  
  •  

काठमाडौं, ७ भदौं (ओएनएस) : सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले संविधान निर्माणमा देखिएका प्रमुख विवादीत विषयमा साँझा धारणा बनाउँने सहमति गरेका छन् । हिजो अपरान्ह र आज बिहान प्रधानमन्त्री निवास बालुटारमा बसेको दुईदलको बैठकले राज्यको शासकीय स्वरुप,संघीयताको अवधारण तथा सरकार संचालनका विषयमा मिलेर जाने सहमति गरेका हुन । CPN-UML-FLag4_20120529085323

बैठकमा तोकिएको समयमै संविधान जारी गर्नका लागि सबै राजनितिक दलहरुसंग सहमति कायम गर्ने र सहमति हुन नसके निर्वाचन प्रक्रियाबाट भएपनि संबिधान जारी गर्ने बिषयमा उनिहरुले सहमति जनाएका हुन । पटक—पटक सरकार गठनका समयमा काँग्रेसले गरेको सहमति कार्यान्वयन नगरेको भन्दै आरोप लगाएको एमालेले संविधान निर्माणमा भने दुईदलको साझा धारणा बनाउने सहमति गरेको हो । बैठकमा संविधान निर्माण,सरकार सञ्चालन लगायत समसामयिक विषयमा दुवै दलका शीर्ष नेताबीच छलफल भएको छ । बैठकमा कांग्रेसले सात बुँदे सहमति कार्यान्वयन गर्न आफु तयार रहेको र त्यसमा रहेको राष्ट्रपति, उपराष्ट्रपति अनुमोदनको विषयमा थप छलफल गर्नुपर्ने धारणा राखेको राखेको थियो । दुईदलबिच पुर्ण सहमति नभएकाले आज साझ पुन बैठक बस्ने बताईएको छ ।


  •  
  •  
  •