समझदारी कायम गर्ने विषयमा कांग्रेस-एमाओवादीबीच छलफल

170
  •  
  •  
  •  

congress-ucpnm meetingकाठमाडौँ, ५ माघ(ओएनएस) : नेपाली कांग्रेस र एकीकृत नेकपा (माओवादी)बीच प्रमुख तीन दलबीच सहमझदारी कायम गरेर अगाडि बढ्ने विषयमा छलफल भएको छ ।

कांग्रेसका सभापति सुशील कोइराला निवास महाराजगञ्जमा भएको छलफलमा मोर्चासँग सोमबार भएको वार्ता अनुरूप तीन दलले साझा प्रस्ताव तयार पार्ने विषयमा छलफल भएको छ । यस्तै, दुईबीच सोमबार भएको मधेसी मोर्चासँगको वार्ताका सम्बन्धमा छलफल भएको छ ।

छलफलपछि पत्रकारसँग कुराकानी गर्दै एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज प्रमुख दलबीच बैठक बसेर समझदारी बनाउने विषयमा छलफल भएको जनाएका छन् । उनले आज तीन दलका शीर्ष नेताको बैठक बसेर सहमतिका लागि पहल गर्ने बताएका छन् ।

यस्तै बैठकपछि कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले तीन दलको बैठकमा सहमति खोज्ने गरी छलफल गरिने बताएका छन् । उनले आज बस्ने संसद बैठकमा संविधान संशोधन प्रस्तावमाथी छलफल हुने बताएका छन् । साथै उनका अनुसार संसदमा प्रस्तुत भएका संशोधन विधेयकमाथीका संशोधनका विषयमा छलफल गरिने बताएका छन् । उनले अहिलेको अवस्थामा अनुसूचीका विषयलाई पाखा लगाएर दुईवटा संशोधन प्रस्तावलाई मुख्य रूपमा तीन दलले साझा रूपमा ल्याउने तयारी भएको बताएका छन् । उनका अनुसार आफूहरूले ल्याउने प्रस्तावमा सकेसम्म मधेसी मोर्चाका मागहरूलाई समेट्ने उल्लेख गरेका छन् ।

यस्तै, मधेसी मोर्चासँगको वार्तालाई सहमतिमा ल्याउन तीन दलले हरसम्भव प्रयास गर्ने सहमति समेत बैठकमा भएको उपासभापति पौडेलले जनाएका छन् । उनले छलफलमा आफूहरूले तीन दलले साझा रूपमा पुन: प्रस्ताव ल्याउने विषयमा आज बस्ने तीन दलको बैठकमा छलफल हुने बताएका छन् । तीन दलको बैठक १ बजे बस्दैछ ।

तस्विर सौजन्य : युपी लामिछाने


  •  
  •  
  •