त्रिपक्षीय वार्तामा कांग्रेस अनुपस्थित, वार्ता निष्कर्षबिहिन

195
  •  
  •  
  •  

govt-madhesi-morcha-meetingकाठमाडौँ, २५ मंसिर(ओएनएस) : सरकार र तराईमा आन्दोलनरत मधेसवादी दलबीचको वार्ता बिना निष्कर्ष सकिएको छ । सत्ता साझेदार दलहरू, प्रमुख प्रतिपक्षी दल र मधेसी मोर्चाबीच हुने भनिएको वार्तामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भने अनुपस्थित रहेको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको वार्तामा मधेसी दलले भूकम्प पुन:निर्माणसम्बन्धी विधेयक र संविधान संशओधन विधेयक एकसाथ बढाउने कांग्रेसको प्रस्ताव मान्य नहुने बताएका थिए । वार्तामा मधेसी दलले आफूहरूले सारेको ११ बुँदे मागबारे सरकारले कुनै प्रतिक्रिया नदिएको र प्याकेजमा सहमतिबारे धारणा माग गर्दा सरकारले त्यस विषयमा छलफल हुन बाँकी रहेको बताएपछि कुनै निर्णय बिना वार्ता सकिएको बताएका छन् ।

वार्तामा सहभागी मधेसी नेताहरूले आफूहरू पुन:निर्माण विधेयक पारित गराउनका लागि प्रतिबद्द रहेको बताउँदै कांग्रेसको संविधान संशोधनको प्रस्तावलाई भने संसदमा प्रस्तुत हुन नदिने बताएका छन् ।

[box type=”shadow” ]

[/box]

आगामी वार्ता मंसिर २९ गते हुने भएको छ । सरकारले मधेसी दलले राखेको ११ बुँदे मागका सम्बन्धमा तीन दलले समान धारणा बनाउन बाँकी रहेको तथा प्याकेजमा सहमति खोज्ने विषयमा समेत छलफलका लागि समय लाग्ने जनाएपछि वार्ता केही दिनमा गर्ने सहमति अनुरूप मंसिर २९ गते गर्ने सहमति भएको बुझिएको छ । यसबीचमा दलहरूबीच अनौपचारिक वार्ता भने जारी रहने बताइएको छ ।

वार्तामा प्रधानमन्त्री केपी शर्मा ओली, एमालेका वरिष्ठ नेता झलनाथ खनाल, एमाओवादीबाट उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहभागी रहेका थिए भने मोर्चाबाट उपेन्द्र यादव, महन्थ ठाकुर लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।


  •  
  •  
  •