संसदीय दलको नेता बन्न कसरत, आज पौडेल पक्षको छुट्टै भेला

177
  •  
  •  
  •  

काठमाडौं १५ चैत (ओएनएस): नेपाली कांग्रेसमा संसदीय दलको नेता चयनमा प्रमुख दुई नेताको प्रतिस्पर्धा देखिएको छ । बरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो तयारीका विषयमा जानकारी गराउन र समर्थन जुटाउन सांस्दहरुको भेला राख्नु भएको छ । आफ्नै निवास बोहोराटारमा बरिष्ठ नेता पौडेलले भेला बोलाएका छन् ।  । भेलामा संसदीय दलको चुनामवमा उम्मेदवारी दिने वा नदिने भन्नेमा  सांसदहरुसँग सुझाव माग्नेछन् ।

आन्तरिक रुपमा पौडेलले दलको नेतामा चुनाव लड्ने तयारी गरेपछि सभापति शेरबहादुर देउवा नछाड्ने भएकाले अन्यौलमा देखिएको छ । आफ्नै भित्रबाट दलको नेतामा उम्मेदवारी नदिनेमा दवाव बढेको छ । सभापति देउवाले पनि आफु निकटस्थहरुसँग छलफल जारी राख्नु भएको छ । सभापति एउटा र दलको नेता अर्को हुँदा शक्तिकेन्द्र दुईवटा हुने भन्दै देउवा नै उठ्ने निस्कर्ष निस्किएको छ ।


  •  
  •  
  •