काठमाडौं १२ चैत (ओएनएस) नेपाली काँग्रेसमा सभापति शेरबहादुर देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेललाई संसदीय दलको नेता बनाउन दवाव परेको छ । पौडेलपक्षका नेताहरु देउवालाई दवाव दिन विभिन्न रणनीतिमा लागेका छन् । पौडेल पक्षका नेताहरुले सभापति देउवालाई भटेर संसदीय दलको नेता बनाएर अघि बढ्न आग्रह गरेका छन् । आज पनि केही नेताले भेट गर्दैछन् ।
देउवाले आजै छलफल गर्ने तयारी छ । सभापति देउवाको निवास बूढानीलकण्ठमा पुगेर पौडेल पक्षका नेताहरु प्रकाशमान सिंह, डा. रामशरण महतलगायतले पौडेललाई संसदीय दलको नेता बनाउन आग्रह गरेका हुन ।
पौडेललाई संसदीय दलको नेता बनाउँदा पार्टीलाई सहमतिका आधारमा अगाडि बढाउन सजिलो हुने उनको प्रस्ताव थियो । सभापति देउवाले सबैसँग सल्लाह गरेर निर्णयमा पुग्ने बताएका छन् । आज छलफल गर्न लागेका हुन् । काँग्रेसको संसदीय दलको निर्वाचन कार्यतालिका भोलि सार्वजनिक गरिनेछ ।