काठमाडौं ६ चैत ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको पहिलो बैठकमै महामन्त्री शशांक कोइरालाको प्रस्ताव लत्याएका छन् । भातृ संगठनको अधिवेशनवारे आफुले गरेको प्रतिवद्धताविपरीत महामन्त्री कोइरालाले प्रस्ताव ल्याएपछि देउवाले अस्वीकार गरेका हुन् ।
शुक्रबार बसेको केन्द्रीयकार्यसमिति बैठकमा महामन्त्री कोइरालाले नौ महिनाभित्र भातृ संगठनको अधिवेशन गर्ने प्रस्ताव गरेका थिए । तर,देउवाले उनको सो प्रस्ताव आफुले गरेको प्रतिवद्धता विपरीत भएको भन्दै ६ महिनाभित्रै अधिवेशन गर्ने निर्णय सुनाएका हुन् ।
नराजधानीबाट