कांग्रेस केन्द्रीय सदस्यको मतगणना चैत ३ भित्र सक्नै पर्ने

134
  •  
  •  
  •  

काठमाडौं २८ फागुन ।
सरकारले विराट पेट्रोलियमलाई महँगो मूल्यमा पेट्रोल विक्री गर्न स्वीकृति दिएको छ । विराटले करिब १ लाख ४० हजार लिटर पेट्रोल आयात गरेको छ ।
आयातित पेट्रोल १ सय ३० रुपैयाँ प्रतिलिटरका दरले बिक्री गर्न सरकारले स्वीकृति दिएको छ । सरकारी स्वामित्वको आयल निगमले हाल ९९ रुपैयाँ प्रतिलिटरमा पेट्रोल बिक्री गरिरहेको छ । बिराटले निगमको भन्दा प्रतिलिटर ३१ रुपैयाँ महँगोमा बिक्री गर्ने अनुमती पाएको हो ।

सरकारबाट बढीमा ६ महिनासम्म इन्धन आयात इजाजत पाएको विराटले यसअघि पहिलो खेप काठमाडौंमा ल्याएर १ सय ९० रुपैयाँ पतिलिटरका दरले बिक्री गरेको थियो ।

भारतले नाकाबन्दी गरुन्जेल निगमले इन्धन आपूर्ति सहज गर्न नसकेपछि सरकारले निजी क्षेत्रलाई आयात स्वीकृति दिएको थियो । तर, निजी क्षेत्रले ल्याउने इन्धन मूल्य आयातकर्ता कम्पनीले नै तोक्न पाउने इन्धन मूलय आयातकर्ता कम्पनीले नै तोक्न पाउने प्रावधान राखेको थियो ।
नयाँपत्रिकाबाट


  •  
  •  
  •