केन्द्रीय सदस्यको मतगणना आजदेखि

172
  •  
  •  
  •  

काठमाडौं २६ फागुन (ओएनस्एस): नेपाली कांग्रेसको केन्द्रीय सदस्यको मतगणना आजदेखि सुरु हुने भएको छ । आज खुलातर्फको मतगणना हुनेछ । विहान १० बजे केन्द्रीय सदस्यको खुलातर्फको मत गणना हुने निर्वाचन समितिले जनाएको छ । सभापतिसहित महामन्त्री र कोषाध्यक्षको मतगणना सकिएपछि अब केन्द्रीय सदस्यहरुको मतगणना हुन लागेको हो ।

शेरबहादुर देउवा र रामचन्द्र पौडेल दुबै प्यानलका २५ २५ उम्मेदवार छन् भने ४० जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका हुन् । खुलातर्फ २५ पदका लागि ९० उम्मेदवार छन् । खुलाको सकिएपछि अरु सदस्यको मतगणना हुनेछ ।


  •  
  •  
  •