महामन्त्री र कोषाध्यक्षको मतगणना दिउँसोबाट

227
  •  
  •  
  •  

काठमाडौं २५ फागुन (ओएनएस) : सभापतिको मतपरिणाम सार्वजनिक भएपछि महामन्त्री र कोषाध्यक्षको मतगणना आज हुने भएको छ । काँग्रेसको १३ औं महाधिवेशनमा नयाँ नेतृत्वका लागि भएको निर्वाचन अन्तर्गत महामन्त्री र कोषाध्यक्षसहित अन्य केन्द्रीय सदस्यको मतगणना आज दिउँसोदेखि सुरु गरिने भएको छ । बिहान १० बजे बैठक बस्ने र त्यो बैठकको निर्णय अनुसार दिउँसो १ बजेपछि मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका सचिव प्रलीप पराजुलीका अनुसार काँग्रेसको पार्टी कार्यालय सानेपामा बिहान १० बजे बैठक बोलाइएको छ । अहिलेसम्मको तयारी अनुसार साढे १ बजेदेखि मतगणना सुरुगर्ने तयारी रहेको उनले बताए । राष्ट्रिय सभागृहमा सभापतिको मतगणना सकिए लगत्तै आजदेखि अन्य पदाधीकारीहरुको मतगणना सुरुहुने भएको हो । महामन्त्री र कोषाअध्यक्षको मतगणनाका लागि सम्बीत पदकाका आकाँक्षी नेताहरुलाई पार्टी कार्यलयमा आउन जानकारी गराइएको उनले बताए ।


  •  
  •  
  •