कांग्रेस विदेश नीति: भारत र चीनका कारण नेपालको महत्त्व

159
  •  
  •  
  •  

काठमाडौं २३ फागुन ।
कांग्रेसको तेह्रौं महाधिवेशनमा प्रस्तुत नीति तथा कार्यक्रममा छिमेकी भारत र चीनको कारण पछिल्लो समय नेपालको महत्त्व विश्वभर बढो रहेको उल्लेख छ ।

शक्तिशाली राष्ट्रको रुपमा यी दुई छिमेकी अघि बढ्दन नेपालको महत्त्व थप बढेको भन्दै त्यसलाई प्रष्ट्याइएको छ । पञ्चशील, असंलग्नता र संयुक्त राष्ट्रसंघको वडापत्रलाई मुलुकको अन्तर्राष्ट्रिय सम्बन्धको मूल आधार मानेको कांग्रेसले पछिल्लो समय आफ्नो मुलुकको महत्त्व बढेको जस छिमेकीलाई दिएको हो ।

मुलुकले अवलम्वन गर्ने परराष्ट्र सञ्चालनमा छिमेकबाट दुईपक्षीय सम्वन्ध आरम्भ हुने भनिरहेको अवस्थामा नेपाली कांग्रेसले आफ्नो नीतिमा भनेको छ, ‘नेपालले दुई छिमेकी मित्रराष्ट्रहरुसँग धरातलिय भौगोलिक यथार्थलाई केन्द्र विन्दुमा राखेर आपसी सदभाव, विश्वास, सहयोग, समर्थन र सहकार्यको वातावरणलाई प्रगाढ बनाउँदै परिवर्तित सन्दर्भमा विद्यमान र उदीयमान पुन: परिभाषित गर्दै गतिशिलता प्रदान गर्न आवश्यक छ ।’

मुलुकको पुरानो र विदेशीसँग धेरै सम्पर्क रहेको राजनीतिक दल हुनाले महाधिवेशनमा पारित हुने विदेश नीतिको सर्वत्र चासो रहने गर्छ । त्यही चासोको बीचमा पारित नीति तथा कार्यक्रममा भनिएको छ, ‘भारत र चीनसँग विश्वसनीय र मैत्रीपूर्ण, सहयोगात्म सम्बन्धको सन्तुलित र सहकार्य गर्नु नेपालको परराष्ट्र नीतिको सर्वाधिक उच्च प्राथमिकता रहनुपर्छ भन्ने नेपाली कांग्रेसको नीति रहनेछ । विश्व शान्ति, स्थिरता, समृद्धि नेपाली कांग्रेसको परराष्ट्र नीतिको महत्वपूर्ण आयाम रहनेछ ।’

नीति तथा कार्यक्रम जनतासँग पछि आम निर्वाचनमा भोट माग्ने आधार भन्दा पनि मुलुकको बदलिदो परिवेशमा आफ्नो दललाई अघि बढाउन केही प्रसंग परिवर्तन गदै कांग्रेसले समयानुकुल बनाएको हो । जारी संविधान लागू गर्नपर्ने अहं भूमिकामा रहेको नेपाली कांग्रेसले त्यसलाई ध्यानमा राखेर नै परराष्ट्र नीतिलाई केही परिमार्जन गरेको भएपनि कतिपय प्रसंग पुरानै छ । विदेश नीति परिवर्तन भइनरहने हुनाले पनि पुराना धारणा रहेको विदेश विभागप्रमुख सुजाता कोइरालाले बताइन् । आफ्ना नीति तथा कार्यक्रममा मुलुकको भू-बनोट र राजनीतिबाट निदेशनीति सञ्चालन रहेको भन्दै पञ्चशीलका सिद्धान्तमा आधारित असंलग्न परराष्ट्र नीतिलाई नै कांग्रेसले निरन्तरता दिंदै प्रस्तुत नीति तथा कार्यक्रमको २० औं पृष्ठमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय सम्वन्ध र विश्व राजनीति अत्यन्त जटिल, संवेदनशील र तरल अवस्थामा छ । विश्वमा अप्रत्यासित, आमुल र दुरगामी परिवर्तन भइरहेको छन् ।’

विश्वमा केही उग्रवादी गैर राज्य शक्तिको उदयले अस्वस्थ्यता, अशान्ति र उद्यण्डताको बीउ रोपेको निश्र्कष कांग्रेसको छ । ‘आतंकबादले जराफैलाइरहेको छ । साम्प्रदायिकता, धर्मान्धता, संकीर्ण राष्ट्रबाद तथा हिंसात्मक गतिविधिले विखण्डनकारी प्रवृत्तिलाई बढावा दिइरहेको छ । विश्वमा सैद्धान्तिक द्वन्द्व शिथिल भइरहेको छ । विश्व राजनीतिमा साँस्कृतिक द्वन्द्वले पनि खतरनाक रुप लिइरहेका छन् । यस्ता घटना र संलग्नताबाट नेपाललाई बचाउन जरुरी छ,’ नीति तथा कार्यक्रमको अन्तर्राष्ट्रिय सम्वन्ध शीर्षकमा उल्लेख छ ।
कान्तिपुरबाट


  •  
  •  
  •