कांग्रेसमा अन्तिम घडीमा को कता ?

341
  •  
  •  
  •  

सभापति दाबी गरेका कार्यबाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्णप्रसाद सिटौला नेताहरूलाई आफूतिर तान्ने दौडधुपमा छन् । अर्को समूहबाट आफ्नो खेमामा ल्याउन आफौ भेटेर वा ‘दूत’ खटाएर नेता र प्रतिनिधि फकाउने अभियानमा उनीहरू छन् । नेताहरू राति अबेरसम्म भेटघाटमै व्यस्त छन् ।

सुजाताले पौडेललाई सघाउने
बुधबार सभापतिमा उम्मेदवारी घोषणा गरेकी सुजाता कोइरालाले बिहीबार पत्रकार सम्मेलन गरेर रामचन्द्र पौडेललाई सघाउने घोषणा गरेकी छिन् । आफ्नै निवास मण्डिखाटारमा पौडेलकै उपस्थितिमा उनले पत्रकार सम्मेलन गरिन् । स्रोतका अनुसार पौडेलले उनलाई महासमिति बैठकबाट विधान संशोधन गर्दै पदाधिकारीको संख्या बढाएर महिला उपसभापति मनोनीत गर्ने, त्यसो गर्न नसके उपप्रधानमन्त्रीसहित रोजेको मन्त्रालय दिएर अब बन्ने सरकारमा सहभागी गराउने सहमति गरेका छन् ।
खुमबहादुर र कुलबहादुरहरू देउवाको पक्षमा
खुमबहादुर खड्का र कुलबहादुर गुरुङको समूहले वरिष्ठ नेता शेरबहादुर देउवालाई सघाउने भएको छ । खड्कालाई उपसभापति मनोनीत गर्ने आश्वासन देउवाले दिएका छन् । गुरुङ समूहले पुतलीसडकमा सम्पर्क कार्यालय खोलेर ‘हाम्रो समर्थन जसलाई हुन्छ त्यसैले सभापति जित्छ’ भन्दै संस्थापन र देउवासाग बार्गेनिङ गरिरहेका थिए । पार्टीलाई नयाा शिराबाट अघि बढाउन देउवालाई समर्थन गरेको यो समूहले जनाएको छ । देउवाको उम्मेदवारीमा गुरुङ प्रस्तावक छन् ।
सदस्यमा ७७ को उम्मेदवारी, दर्ता समय आज १२ बजेसम्म

  • केन्द्रीय सदस्यमा बिहीबार खुला र आरक्षित कोटामा ७७ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले बताए । खुलातर्फ खुमबहादुर खड्का, कुलबहादुर गुरुङ, महेश आचार्यलगायतले उम्मेदवारी दर्ता गरेका छन् ।
  • निर्वाचन समितिले बिहीबार बिहान ८ देखि सााझ ५ बजेसम्म तोकिएको उम्मेदवारी दर्ताको समयावधि बढाएको छ । शुक्रबार १२ बजेसम्म उम्मेदवारीका लागि समय थपिएको छ ।नयाँ पत्रिका दैनिकबाट

  •  
  •  
  •