काठमाडौं २१ फागुन ।
नेपाली कांग्रेसको १३ औं महाधिवेशन उद्घाटन सत्र निकै अस्तव्यस्त देखिन्थ्यो ।कार्यक्रम सञ्चालक निकै अलमलमा परे । हरेक कार्यक्रम शुरु गर्दा शहीदहरुप्रति सम्मान र राष्ट्रियगानबाट शूरु गर्ने परम्परा रहेको छ । तर, त्यसलाई ख्यालनै गरिएन ।शुरुमा गाउनुपर्ने राष्ट्रिय गान बजाउँदा बसेका सबैले उठ्न नै भ्याएनन् । महाधिवेशनमा शुभकामना दिन आएका स्वदेशी एवं विदेशी पाहुनाहरु काक्रक्रम सञ्चालनमा देखिएको अलमल र अस्तव्यस्तताप्रति कानेखुशी गरिरहेका थिए । निर्धारित समयभन्दा ढिलो शुरु भएको कार्यक्रमको शूरुमा पार्टीका कार्यवाहक सभापति रामचन्द्र पौडेल मञ्चमा देखिए ।
कार्यक्रम शुरुभएको आधा घण्टापछि सभापतिमा उम्मदवारी घोषणा गरेका देउवा आँउदा कार्यकर्ताले ताली बजाएर स्वागत गरेका थिए । कार्यक्रममा सहभागी हुन आएका अतिथीहरुलाई कांग्रेसले सामान्य व्याच र खादासमेत व्यवस्था गरेको थिएन ।महाधिवेशनमा सभापतिका प्रत्यासी पौडेल र देउवाले हात मिलाउन मानेनन् ।यस्तै देउवाले कार्यवाहक सभापति पौडेललाइ सहितका नेतालाई भाषणमा सम्बोधन गरे पनि पौडेलले भने देउवालाई सम्बोधन नै गरेनन् ।
नेपालसमाचारपत्र