सुजातासहित १ सय ८३ माथि कारबाही

84
  •  
  •  
  •  

काठमाडौं, ८ असोज (ओएनएस) : संविधानसभा निर्वाचनमा पार्टी उम्मेदवार विरुद्ध अन्तर्घात गरेको भन्दै नेपाली कांग्रेस केन्द्रीय अनुगमन समितिले केन्द्रीय सदस्य सुजाता कोइरालासहित १ सय ८३ जनालाई कारवाही गरेको छ ।

केन्द्रीय सदस्य आमोदप्रसाद उपाध्याय संयोजकको पाँच सदस्यीय समितिले पार्टीको झण्डै सात दशक लामो इतिहासमा पहिलो पटक केन्द्रीय सदस्य, सभासद, पुर्वमन्त्री, पुर्व जिल्ला सभापति, क्षेत्रीय सभापतिकासाथै महासमिति सदस्यलाई कारवाही गरेको हो । कारबाही पर्ने केन्द्रीय सदस्य एवं संसदीय समिति सदस्य सुजाता कोइराला, सभासद गणेश प्रसाद विमली, पुर्वमन्त्री सुशीला स्वाइर, पुर्व राज्यमन्त्री सुशीलमान शेरचन, पर्शुराम पोेखरेल, पुर्वजिल्ला सभापति विदुर बस्नेतलगायत छन् ।

समितिका अनुसार उजुरी र छानबिनका आधारमा उनीहरुमाथि अनुशासनको कारवाही गरिएके हो । १२ जनाविरुद्ध दायर उजुरीमा भने दुईपक्षबीच मेलमिलाप भएको छ ।
समितिले ८४ जनालाई बहाल रहेको पदबाट ३ देखि ६ महिनासम्म मुक्त गरेको छ । २३ जनालाई एकवर्षसम्म सदस्यता नै नरहेन गरी निष्कषन गरेको छ भने ८ जनालाई पदीय जिम्मेवारीबाट मुक्त गर्दै पार्टीका विभिन्न तहमा उम्मेदवार बन्न प्रतिबन्ध लगाएको छ ।


  •  
  •  
  •