गुटभित्र नै कुरा नमिलेपछि उम्मेद्वारी घोषणा गर्न समस्या

217
  •  
  •  
  •  

काठमाडौं १८ फागुन (ओएनएस) :
नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा नयाँ नेतृत्वका गुटगत प्रतिस्पर्धा हुने भएको छ । यसअघि दुईवटा गुट देखिएपनि यसपटक तीनवटा गुटको प्रतिस्पर्धा हुने देखिएको छ । संस्थापनपक्षबाट दुईवटा र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षको एउटा गुटसहित प्रतिस्पर्धा हुने देखिएको छ ।

संस्थापन पक्षबाट कार्यवाहक सभापति रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी दिने तयारी गरे पनि महामन्त्री कृष्णप्रसाद सिटौलासहित नेताले पनि सभापति प्रत्यासी बन्ने बताउँदै आएका छन् । संस्थापनबाट एउटै उम्मेदवार बनाउने आज प्यानलसहित म्मेदवारी घोषणा गर्ने तयारी  गरेका छन् ।  ।

सस्थापन पक्षले बेलुकासम्म उम्मेद्वारको टुङ्गो लगाउने र भोलि बिहान घोषणा गर्नेछ । सस्थापनले भोलि घोषणा गर्ने भएपछि देउवा पक्षपनि पर्खिने मनस्थितिमा छ । त्यस्तो अवस्थामा भोलि नै देउवा पक्षले उम्मेद्वारी घोषणा गर्ने उनी निकटका नेता डा प्रकाशशरण महतले जानकारी दिए । सस्थापन पक्षमा पौडेल र सिटौलाबीच गएराती छलफल भएपनि सहमति जुटेको छैन ।

सहमति नजुटे पौडेलले भोलि १२ बजेभित्र आफ्नो हिसावले उम्मेद्वारी घोषणा गर्नुहुनेछ । आज पनि दुइटै पक्ष आफ्ना सम्पर्क कार्यालयमा छलफलमा व्यस्त रहनेछन् । पार्टी नेतृत्वका लागि वरिष्ठ नेता देउवा, कार्यवाहक सभापति पौडेलका साथै सिटौला र सुजाताले आकांक्षा राख्दै आएका छन् ।


  •  
  •  
  •