पौडेल देउवा प्यानलमा सहयोगी नै असन्तुष्ट

266
  •  
  •  
  •  

काठमाडौं १६ फागुन ।
कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवाले प्यानलसहित सभापतिमा उम्मेदवारी दिने घोषणा गर्ने तयारीसँगै निकट नेतामा असन्तुष्टि बढेको छ ।

पौडेल र देउवाको प्यानबाटपदाधिकारीमा आकांक्षासहित सूचीमा पर्नेमा निश्चित रहेका दवैतर्फका नेता चाहनाविपरीत प्यान बन्न लागेको प्रति असन्तुष्ट छ ।

कार्यवाहक सभापति पौडेलले महामन्त्री सिंहलाई उपसभापति र बिपीपुत्र शशांक कोइरालालाई महामन्त्रीको प्रतयाशी बनाउने आन्तरिक तयारीपछि अर्का महामन्त्री कृष्णप्रसाद सिटौला र नेतृ सुजाता कोइराला असन्तुष्ट छन् ।

पार्टी बहुपदमा गए महिला उपसभापतिमा चित्त बुझाउने पक्षमा रहेकी नेतृ सुजाताले शनिबार सभापतिको प्रत्यासी बन्ने दोहोर्‍याएकी छिन् ।

उता, वरिष्ठ नेता देउवाभित्रको असन्तुष्टि पनि बाहिर आउन थालेको छ । देउवा सभापति बन्ने सर्तमा व्यक्तिगत आकांक्षलाई प्राथमिकतामा नराखे पनि कमजोर व्यक्तिलाई महामन्त्रीको प्रत्यासी बनाउन लागेको भन्दै निकटहरुले असन्तुष्टि जनाउँदै आएका छन् ।

नेता अर्जुननरसिंह केसीलाई देउवाले महामन्त्रीको प्रत्याशी बनाउन लागिपरेको अन्य आकांक्षीको गुनासो छ ।
नागरिकबाट


  •  
  •  
  •