सरकारको कामकारवाहीप्रति कांग्रेस नेताको आपत्ति

155
  •  
  •  
  •  

काठमाडौं, २५ साउन (ओएनएस) : नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टी सभापति सुशिल कोइरालाले ७ महिनादेखि केन्द्रीय कार्यसमितिको बैठक नबोलाएकोमा आपत्ति जनाएका छन् ।arjun

केसीले पार्टी सभापतिले प्रधानमन्त्री बन्नु अगाडी केवल औपचारिकताका लागि मात्रै केन्द्रिय समितिको बैठक राखेको र ७ महिना वितिसक्दा पनि कार्यसमितिको बैठक नबोलाएर प्रजातन्त्रिक प्रक्रियामा पार्टीलाई अगाडी नबढाएकोमा रोष व्यक्त गरे ।

आइतवार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेता केसीले भने ‘१२ औं महाधिवेशनको समय अवधि असोज ५ गते सकिँदै छ ,तर अझैसम्म केन्द्रीय समितिको बैठक बोलाएर महाधिवेशन कहिले गर्ने वा त्यसको लागि म्याद कत्ति समयको लागी थप्ने भन्नेवारेमा पनि छलफल भएको छैन् ।’

उनले काँग्रेस पार्टी विधि, विधान र प्रक्रिया अनुसार हिड्न नसकेको भन्दै आफू लगायत २४ जना केन्द्रीय सदस्यले अल्टिमेटम दिएको उल्लेख गर्दै तत्काल केन्द्रीय समितिको बैठक बोलाएर पार्टी सभापतिले अहिले पार्टीभित्र देखिएको समस्यालाई समाधान गर्दै पार्टीलाई विधि अनुसार हिडाउनुपर्ने बताए । ‘सरकारले सोचेअनूरुपको काम गरेको छैन् । सरकारमा पार्टीबाट सहभागी मन्त्रीहरुले राम्रो काम गर्न सकेका छैनन्, उनले भने,‘मन्त्रीहरुले स्वेच्छचारी ढंगले काम गरेकोले त हामीले खुलेरै आलोचना गरेका छौं ।’

यद्यपि केसीले सरकार परिवर्तनको कुरा गर्नु बेमौसमको बाजा भएको बताएका छन् । अहिले तोकिएकै मितिमा संविधान जारी गर्नुपर्ने प्रमुख दायित्व भएकाले सरकार परिवर्तनको खेलमा कोही पनि लाग्नु नहुने उनले बताएका छन् । केसीले भने–संविधान जारी नहुँदा सम्म सरकारको विकल्प खोजिनु हुँदैन् । सरकारको विकल्प खोजिए फेरि पनि संविधान बन्दैन् ।

केसीले काँग्रेसले एमालेसँग राष्ट्रपति, उपराष्ट्रपति संसदबाट अनुमोदन गर्ने भनेर नै ७ बुँदे सहमती गरेको बताउँदै सत्तारुढ दल एमालेसँग देखिएको विवाद जसरी पनि मिलाएर सहमतीका साथ सहकार्य गर्नुपर्ने धाराणा राखेका छन् । ‘त्यतिखेर सम्झौता गर्नु नै गलत थियो, अब ७ बुँदे सहमती कार्यन्वयन गरेर जानुको विकल्प छैन्, उनले भने ।


  •  
  •  
  •