कांग्रेसमा फेरि बल्झियो सदस्यता विवाद

137
  •  
  •  
  •  

काठमाडौं २६ पुस । गाउँ अधिवेशन हुन १९ दिन मात्रै बाँकी छँदा महाधिवेशनलाई नै असर गर्ने गरी कांग्रेसमा क्रियाशील सदस्यता विवाद फेरि उल्टिएको छ । क्रियाशील सदस्यता विवादबारे छलफल गर्न सभापति सुशील कोइरालाले आइतबार केन्द्रीय समिति बैठक डाकेका छन् । यसअघि बसेको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य नरहरि आचार्य संयोजक रहेको क्रियाशील सदस्यता छानविन समितिले सर्वसम्मत बुझाएको प्रतिवेदनमा कोइराला निकट सदस्य रामकृष्ण यादवले नोट अफ डिसेन्ट लेखेपछि फेरि विवाद ब्युँतिएको हो । आज केन्द्रीय समितिको बैठक बस्दैछ । बैठकमा क्रियाशील सदस्यता विवादका छलफल हुनेछ ।

यसअघि बसेको केन्द्रीय समिति बैठकले प्रतिवेदनमा अन्तिम निर्णय गर्ने अधिकार छानविन समितिलाई नै दिएको थियो । समिति गठन गर्दाको कार्यादेशमा समितिभित्र विवाद भएमा संयोजकले दिएको राय नै अन्तिम हुने उल्लेख छ ।अन्नपूर्णपोष्टबाट –


  •  
  •  
  •