काग्रेसले बीपी विचार यात्रा आयोजना गर्ने

398
  •  
  •  
  •  

काठमाडौं, १ साउन (ओएनएस) नेपाली काग्रेसका संस्थापक विपी कोइरालाको जन्मशताव्दीको अबसर पारेर नेपाली काग्रेसले विराटनगर देखि काठमाडौसम्म बीपी विचार यात्राको आयोजना गर्ने भएको छ ।

काग्रेसले बीपी स्मृति दिबसको अबसरमा साउन ६ गते देखि बीपी जयन्त्री भदौं २४ सम्म बी.पी. कोइराला जन्मशताब्दी कार्यक्रमलाई विशेष अभियानको रुपमा देशभरी संचालन गर्न लागेको हो ।

बीपी जन्मशताव्दीको अबसरमा नयाँ पुस्तालाई नेपाली कांग्रेस र वी.पी. को योगदान र महत्व वारे जानकारी गराउने तथा समयमै संघयि लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण गर्न अनुकुल वातावरण वनाउन सहयोग पु¥याउने उद्देश्यका साथ बीपी विचार यात्रा आयोजना गर्न लागिएको काग्रेस कार्यबहाक सभापति रामचन्द्र पौडेलले विज्ञप्ती मार्फत जानकारी गराएका छन् ।

कार्यक्रमको पहिलो दिन श्रावण ६ गते विराटनगर स्थित जुट मिल हातामा वृक्षारोपण, विचारसभा, प्रजातन्त्र सेनानी सम्मान कार्यक्रम आयोजना हुने काग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । ‘त्यसको भोलिपल्ट विहान विराटनगर कै एलिट ल्कवमा “वी.पी.को सपनाः भोलीको नेपाल” विषयक विचार गोष्ठि र दिउँस सुनसरीको धरानमा वृहत साहित्य गोष्ठि सञ्चालन हुनेछ ।

भाद्र १ गतेवाट लगातार धनकुटा, भोजपुर, खोटाङ्ग, ओखलढुङ्गा, रामेछाप, सिन्धुली, काभ्रे, भक्तपुर र काठमाण्डौसम्म वी.पी.लाई वास राखिएको, खाना–खाजा खुवाईएको तथा अन्य ऐतिहासिक महत्व वोकेका स्थानमा विचार यात्रा सञ्चालन गरिनेछ’ काग्रेसको विज्ञप्तीमा उल्लेख छ ।

भाद्र २३ गते काठमाण्डौको विशालनगरमा विशेष विचारसभा आयोजना गरिने र विचारयात्रा बी.पी.लाई लामो समयसम्म बन्दी बनाएको सुन्दरीजल (हालको बी.पी. संग्रहालय) मा भाद्र २४ गते आएर समापन हुनेछ ।


  •  
  •  
  •