काठमाडौं, १ पुस(ओएनएस) : नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ । बिहान पार्टी कार्यालय सानेपामा बोलाइएको बैठकमा पार्टीको १३औं महाधिवेसन र त्यसको तयारीमा बैठक केन्द्रित हुनेछ । बैठकमा क्रियाशील सदस्यता सम्बन्धि अध्यन गर्न बनेको समितिले प्रतिवेदन बुझाउने छ । बैठकमा समसामयिक राजनीति र महाधिवेशन तयारीबारे छलफल हुनेछ ।
त्यस्तै, राष्ट्रिय राजनीतिका विषयमा समिक्षा गर्दै संसदमा कांग्रेसले खेल्ने भूमिका लगायतका विषयमा पनि छलफल हुनेछ । संविधान संशोधन प्रक्रिया अगाडि बढेकाले मधेसी मोर्चालाई कसरी सहमतिमा ल्याउने भन्ने विषयसागै संसदमा पार्टीको भूमिकाबारे बैठकमा छलफल हुनेछ ।
संसदमा पार्टीको तर्फबाट सशक्त नेतृत्व हुन नसकेको, संसदीय दलको कार्यसमिति नभएको, दलको उपनेता चयन नभएको विषयमा पार्टीभित्र नेतृत्वको आलोचना भइरहेको छ । बैठक अहिले बिहान ९ बजे केन्द्रीय कार्यालय सानेपामा बस्दैछ ।