गृहमन्त्रीमाथि छानविन गर्न संसदीय समिति नबनाए कांग्रेसले संसद चल्न नदिने

88
  •  
  •  
  •  

काठमाडौं । सहकारीको रकम हिनामिना प्रकरणमा उप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने मुछिएको विषय संसदीय छानविन समिति बनाएर छानविन गर्नुपर्ने अडान कांग्रेसले कायमै राखेको छ।

बुधबारको प्रतिनिधिभसा बैठकमा बोल्दै कांग्रेस संसद तथा महामन्त्री विश्वप्रकाश शर्माले संसदीय छानविन समितिको कांग्रेसको अडान दोहोर्याए। उनले कांग्रेसले संसदीय छानविन समितिको दिएको अल्टिमेटम सकिएको र अब पनि छानविन समिति नबनाएर अर्को बैठकबाट संसद् चल्न नदिने बताए।

महामन्त्री शर्माले कांग्रेसले यो मुद्दा उठाएर त्यत्तिकै टुंग्याउँदै छ भन्ने भ्रम नपाल्न पनि आग्रह गरे। उनले सत्ता समीकरणको खेलमा कांग्रेसले कुनै चाल नगरेको पनि बताए।


  •  
  •  
  •