कांग्रेसमा कोइराला र देउवा पक्ष अलग अलग रणनीतिमा

150
  •  
  •  
  •  

काठमाडौं १६ कात्तिक (ओएनएस) : नेपाली कांग्रेसमा महाधिवेसन केन्द्रित रणनीतिसहित गुटगत आलोचना सुरु भएको छ । वरिष्ठ नेता शेरबहादुर देउवा पक्ष बढी आक्रमण देखिएको छ । केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । हिजोको बैठकमा विषय प्रवेश मात्र भएकाले आज एजेण्डामा छलफल हुने कांग्रेसले जनाएको छ ।

हिजो सुरु बैठकमा सदस्यहरूले पार्टीका शीर्ष नेतृत्वको गलत निर्णयकै कारण प्रमुख पद गुमाउनु परेको भन्दै नेताहरुले नेतृत्वको आलोचना गरेका छन् । उनीहरूले औपचारिक धारणा नआएसम्म अन्य एजेन्डामा प्रवेश गर्न नहुने बताएपछि नेतृत्वले आज बिहान औपचारिक धारणा प्रस्तुत गर्ने तयारी गरेको छ ।

बैठकमा १३औं महाधिवेशन तयारीसम्बन्धी एजेन्डा प्रस्तुत गर्नासाथ राजनीतिक एजेन्डा प्रस्तुत गरिएको थियो । दोस्रो एजेन्डा प्रवेश हुनासाथ सदस्यहरू प्रकाशरण महत, बालकृष्ण खाँड, धनराज गुरुङ, शंकर भण्डारीलगायत नेताहरूले प्रधानमन्त्री निर्वाचनमा उम्मेदवार तय गर्ने पदाधिकारीले औपचारिक धारणा प्रस्तुत गर्नुपर्ने माग राखेका थिए ।

आजको बैठकमा सभापति सुशील कोइरालाले औपचारिक धारणा राखेपछि अरु एजेण्डामा छलफल हुने नेता प्रकाश शरणमहतले जानकारी दिए । बैठक अहिले बिहान साढे ८ बजेपछि पार्टी कार्यालयमा बोलाइएको छ ।


  •  
  •  
  •