‘एक्लै चुनाव लड्ने र रूखमा मात्रै मत हाल्ने सुनिश्चितता हुनुपर्छ’

128
  •  
  •  
  •  

काठमाडाैँ । सोमबारबाट सुरु भएको कांग्रेसको महासमिति बैठकमा महामन्त्री गगन थापाले सांगठनिक प्रस्ताव पेश गरेका छन्।

मंगलबार सांगठनिक प्रस्‍ताव पेश गर्दै महामन्त्री थापाले एक्लै चुनाव लड्ने र रूखमा मात्रै मत हाल्ने सुनिश्चितता गर्न माग गरेका छन्। उनले भविष्यमा हुने कुनै पनि निर्वाचनमा गठबन्धन नगर्ने र अहिले चलिरहेको सत्ता गठबन्धनसँग पनि मिलेर निर्वाचनमा नजाने स्पष्ट पारेका छन्।

‘पार्टीका सदस्यहरू, शुभेच्छुक तथा समर्थक र आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै, दृढ संकल्प गर्छ– हामी भविष्‍यमा हुने आवधिक निर्वाचनहरू आफ्नै ताकतमा एक्लै लड्ने छौं र हाम्रो मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्न ‘रूख’ मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौं,’ उनले भनेका छन्, ‘हाम्रो आफ्नै संगठनलाई थप ऊर्जाशील बनाउँदै आम जनताको मत र विश्वास बढाएर नेपाली कांग्रेसले एक्लै बहुमत ल्याउन सक्ने पार्टीका रूपमा पुनस्स्थापित गर्नेछौं।’

गगनले कुनै पनि दलले बहुमत प्राप्त नगरेको अवस्थामा निर्वाचन पछाडि निश्चित साझा नीति तथा कार्यक्रममा बनाएर सरकार सञ्चालनका लागि अन्य दलसँग तालमेल गर्ने कुरा स्वभाविक हुन सक्ने बताएका छन्। तर, निर्वाचन पूर्वको गठबन्धन लोकतन्त्रमा नियमित राजनीतिक अवस्था नभएर एउटा बाध्यात्मक परिस्थितिको उपज भएको उलने बताएका छन्।


  •  
  •  
  •