चन्द्र भण्डारीसहित ८ जना कांग्रेस केन्द्रीय सदस्यमा मनोनित

114
  •  
  •  
  •  

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् ।

मनोनीत हुनेमा गुल्मीका चन्द्र भण्डारी, अर्घाखाँचीका मानबहादुर विश्वकर्मा, पर्वतका अर्जुनप्रसाद जोशी, काभ्रेका शिवप्रसाद हुमागाईं, बागलुङका किरणराज शर्मा पौडेल, रूपन्देहीका भरतकुमार शाह, कास्कीका शारदा पौडेल र पर्साका अनिलकुमार रूंगटा रहेका छन् ।

सभापति देउवाले कांग्रेस विधानको धारा २१ को उपधारा १० बमोजिम बिहीबार ८ जनालाई केन्द्रीय समितिमा मनोनित गरेका हुन् ।


  •  
  •  
  •