
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित थप पाँच जना निलम्बनमा परेका छन् ।
स्थानीय तह निर्वाचनमा पार्टीको विधान र अनुशासन विपरीत काम गरेको भन्दै कांग्रेसले श्रेष्ठसहितका नेता–कार्यकर्ताहरुलाई निलम्बन गरेको हो ।
निलम्बनमा पर्नेमा भरतपुर महानगरपालिका–१ घर भएका पूर्वसांसद श्रेष्ठ, भरतपुर–४ घर भएका नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य शम्भु प्रसाद अर्याल, भरतपुर–१६ घर भएका क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत, भरतपुर–२ घर भएका तरुण दलका पूर्व जिल्ला सचिव आनन्दराज राउत र भरतपुर–८ घर भएका क्रियाशील सदस्य डा.केशव पौडेल रहेका छन् । उनीहरुलाई पार्टी सदस्यबाट निलम्बन गरिएको हो ।