विमलेन्द्र, शशांक र प्रकाशमानबीच छुट्टै धार बनाउने विषयमा छलफल

82
  •  
  •  
  •  


काठमाडौं । नेपाली कांग्रेसका तीन शीर्ष नेताले पार्टीभित्र छुट्टै धार निर्माण गर्ने गरी छलफल अघि बढाएका छन्। दीर्घकालीन समूहका रुपमा स्थापित हुने गरी नेताहरुबीच छलफलमा जुटेका हुन् ।
महामन्त्री डा.शशांक कोइराला निवास महाराजगञ्जमा शुक्रबार दिउँसो कोइरालासहित उपसभापति विमलेन्द्र निधि र नेता प्रकाशमान सिंहबीच छलफल भएको थियो।

शुक्रबारको छलफल गत सोमबार निधि निवासमा बसेको बैठकको निरन्तरता भएको नेताहरुले जनाएका छन्। पार्टीभित्र तीन नेताको पहलमा वृहत एकता गर्ने समझदारी भएको नेता सिंहले बताए।


  •  
  •  
  •