क्यान्सर अस्पताललाई संस्थान मातहत ल्याउने निर्णयप्रति कांग्रेसको आपत्ति

49
  •  
  •  
  •  

काठमाडौं । नेपाली कांग्रेसले क्यान्सर संस्थानमार्फत् तीन वटा क्यान्सर अस्पताललाई मातहत ल्याउने निर्णयको विरोध गरेको छ।
सरकारले बजेटमार्फत् क्यान्सर संस्थानको मातहतमा अस्पतालहरूलाई ल्याउने अवधारणा ल्याएको थियो। संस्थानमातहत भक्तपुर क्यान्सर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेलाई संस्थान मातहत ल्याउने निर्णय बजेटमार्फत् आएको थियो।

कांग्रेसले गम्भीर विमर्शपछि मात्रै उचित विकल्पको निष्कर्ष टुंगो गरिनुपर्ने संवेदनशील विषयलाई हाल यथाअवस्थामै राख्न चेतावनी दिएको छ।

‘क्यान्सर रोगको अध्ययन, अनुसन्धान र उपचारलाई राज्यले थप व्यवस्थित, प्रोत्साहित र बढुवा दिन निश्चय नै जरुरी छ,’ प्रवक्ता विश्वप्रकाश शर्माद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ, ‘त्यसका लागि सक्षम प्रतिष्ठानलाई नै अध्ययन अनुसन्धानका लागि प्रोत्साहित र सशक्तिकरण गर्ने योजना उपयुक्त हुनसक्थ्यो।’

त्यसो नगरी अलग्गै विवादास्पद संरचना मातहतमा ल्याउने र अस्पतालहरूको स्वायत्तता कुण्ठित गर्दै राज्यनियन्त्रित अखडा बनाउने नियत सरकारले राख्नु निस्तान्त गलत रहेको दाबी विज्ञप्तिमा गरिएको छ।


  •  
  •  
  •