कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित

358
  •  
  •  
  •  


काठमाडौं । नेपाली कांग्रेसको सोमबार बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ।

वरिष्ठ नेता रामचन्द्र पौडेलका भाइको निधन भएका कारण बैठक स्थगित भएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

वरिष्ठ नेताको अनुपस्थितिमा बैठक बस्न नसक्ने भन्दै सभापति शेरबहादुर देउवाले रोक्न निर्देशन दिएअनुसार आज बैठक नबस्ने उनको भनाइ छ ।

आजको बैठकमा नयाँ सरकार गठनको पहल, महाधिवेशनको सदस्यता नवीकरण लगायतका विविध विषयमा निर्णय गर्ने एजेण्डा थिए ।
आइतबारको पदाधिकारी बैठक पनि सभापति देउवा र वरिष्ठ नेता पौडेल अनुपस्थित भएपछि निर्णयबिना नै सकिएको थियो ।


  •  
  •  
  •