कांग्रेस पौडेल समूहद्वारा संसद विघटनविरुद्ध आन्दोलनका कार्यक्रम तय

729
  •  
  •  
  •  

फाइल तस्बिर

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षले आन्दोलनका कार्यक्रम तय गरेको छ । बिहीबार अनामनगरमा बसेको बैठकले तय भएको कार्यक्रमलाई कार्यसमिति बैठकमा छलफलका लागि पेस गर्ने जनाइएको छ ।

सभापति शेरबहादुर देउवाले आन्दोलनमा जान आनाकानी गरेपछि पौडेल पक्षको बैठकले तीनदिने आन्दोलनको मोडालिटी तयार पारेको हो ।

१३ गते शुरु हुने आन्दोलनमा भ्रातृ संगठनहरूलाई सक्रिय रूपमा परिचालन गर्नेदेखि देशभर शक्ति प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ ।
बैठकमा सिटौला समूहका नेताहरू गगन थापा र प्रदीप पौडेल पनि सहभागि थिए ।


  •  
  •  
  •