कांग्रेस केन्द्रीय कार्यालय असोज २२ सम्मको लागि सिल

129
  •  
  •  
  •  

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय असोज २२ सम्मको लागि सिल गरिएको छ। बिहीबार संकलन गरिएको स्वाबमा केन्द्रीय नेतासहित, सुरक्षाकर्मी र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालय सिल गरिएको हो ।

असोज २२ अघि केन्द्रीय केन्द्रीय कार्यालयमा प्रवेश पूर्ण रुपमा रोकिएको छ। शनिबार तीन समूहका शीर्ष नेताको बैठक केन्द्रीय कार्यालयमा भएको थियो। विवाद अन्त्यका लागि बसेको बैठकमा समाधान नभएपछि आइतबार बस्ने गरि बैठक स्थगित गरिएको थियो।

सोमबारदेखि सुरु हुने केन्द्रीय समिति बैठक पनि अनिश्चितकालका लागि स्थगित गरिएको छ।


  •  
  •  
  •