कांग्रेसका पूर्वसहमहामन्त्री जोशीसहित तीन जना कारबाहीमा

244
  •  
  •  
  •  

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टी अनुशासन उल्लंघन गरेको ठहर गर्दै पूर्वसहमहामन्त्री गोविन्दराज जोशीसहित तीन जनालाई कारबाही गरेको छ ।

शनिबार बसेको केन्द्रीय अनुशासन समितिले पूर्वसहमहामन्त्री जोशीसहित महासमिति सदस्य पुष्करनाथ ओझा र डडेलधुरा जिल्ला कार्यालय सचिव रामबहादुर विष्टलाई कारबाही गरेको हो ।

अनुशासन समितिको बैठकले जोशी र ओझालाई ५ ५ वर्ष र विष्टलाई ३ वर्ष पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो । समितिद्वारा जारी विज्ञप्तिमाअन्तिम स्पष्टीकरण चित्तबुझ्दो नभएको र अनुशासन समितिलाई प्राप्त सबुद प्रमाण अडियो र भिडियो पार्टी विधानविपरीत रहेको भन्दै कारबाही गरिएको उल्लेख छ ।

जोशीले गत निर्वाचनमा तनुहँ क्षेत्र नं १ बाट नेता वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध उम्मेदवारी दिएका थिए । यद्यपि भ्रष्टाचारको मुद्दा विचाराधीन रहेकोले उनको उम्मेदवारी खारेज भएको थियो ।


  •  
  •  
  •