कांग्रेसका नेतृत्वको बहस सुरु, केन्द्रीय समिति बालुवाटारमा

139
  •  
  •  
  •  

काठमाडौं ११ फागुन (ओएनएस) :  महाधिवेसनको मिति ताकिएसँगै नेपाली कांग्रेसमा विवाद सुरु भएको छ । सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वका विषयमा आलोचना सुरु भएको छ ।वरिष्ठ नेता शेरबहादुर देउवापक्ष आक्रमण बनेको छ । जारी केन्द्रीय समितिको बैठकमा पार्टीले तय गरेको कार्यदिशा र त्सको कार्यान्वयनलाई लिएर केन्द्रीय सदस्यहरुले चर्को आलोचना गरेका छन् आज पनि केन्द्रीय समितिको बैठक बस्दैछ । बैठकमा आज बोल्न बाँकी रहेका केन्द्रीय सदस्यहरुले आ आफ्नो धारणा राख्नेछन् । आजको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजे शुरु हुने प्रवक्ता दिलेन्द्र बडुल जानकारी दिए । कांग्रेस सभापति एवं प्रधानमन्त्री  कोइराला पार्टी र सरकार दुबै मोर्चामा असफल भएको निष्कर्षका साथ देउवाले पक्षीय सदस्यहरुले संगठित रुपमै उनको आलोचना गरेका छन् ।

सरकार बनेको १ वर्षसम्म मौन रहेको वरिष्ठ नेता देउवा पक्षीय समूहले पूर्वप्रतिबद्ता ताअनुसार कोइरालाले माघ ८ मा संविधान जारी गर्न नसकेको, स्थानीय निकायको निर्वाचन नगराएको, कतैपनि सरकारको प्रभावकारिता नदेखिएको, पार्टीमा भ्रातृ संस्थाको अधिवेशन नगराएको, कार्यकाल सकिदा पनि पार्टीका विभाग र समितिहरुलाई पूर्णता नदिएको जस्ता मुद्धा उठाएर उनको आलोचना सुरु गरेका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको आइतबारको बैठकमा यिनै विषय उठाएर देउवा पक्षीय सदस्यहरु कोइरालाविरुद्ध खनिए ।

यसअघिका बैठकमा सार्वजनिक रुपमा समेत देउवा पक्ष सरकारको विषयमा मौन रहदै आएको थियो । माघ ८ मा संविधान जारी हुन नसकेको र पार्टीको महाधिवेसनको मिति तोकिसकेका अवस्थामा देउवा पक्ष रणनीतिक योजनाका साथ कोइराला विरुद्धमा उत्रिएका हुन् । देउवा पक्षले अगामी महाधिवेसनमा सभापतिको उम्मेदवार नहुन सकेम कोइरालाई चेतावनी दिएको छ ।

सरकार र पार्टी सञ्चालनमा असफल भएको भन्दै देउवा पक्षले सुरु गरेको आलोचनाको संस्थापन पक्षका सदस्यहरूले प्रतिवाद गरेनन् । केन्द्रीय सदस्य शेखर कोइरालाले बाढीपीडित क्षेत्रमा सरकारको उपस्थिति हुन नसकेको भन्दै आलोचना गरे । कोइराला पक्षभित्रै सरकारको प्रभावकारितालाई लिएर तीव्र असन्तुष्टि भएकाले बैठकमा प्रतिवाद नभएको संस्थापन पक्षकै एक नेताले बताए ।


  •  
  •  
  •