कांग्रेसको महाधिवेशन तोकिएकै मितिमा

483
  •  
  •  
  •  

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको महाधिवेशन तोकिएकै मितिमा गर्नेगरी तल्लो तहको कार्यतालिका परिमार्जन गरेको छ । मंगलबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले कोरोना महामारीका कारण प्रभावित भएको महाधिवेशन कार्यतालिका परिमार्जन गरेको हो ।

फागुन १५ भित्र सक्ने भनिएको अन्तरिम संरचनाको समायोजन असार मसान्तमा सक्ने निर्णय गरेको हो । पार्टीको महाधिवेशन भने पूर्वनिर्धारित मिति फागुन ७ बाट १० गतेसम्म हुने कांग्रेसले जनाएको छ ।

साउन मसान्तमा सभापतिबाट प्रमाणित क्रियाशिल सदस्यहरुको अन्तिम नामावली केन्द्रीय निर्वाचन समितिमा बुझाउने र पुष ७ गते देशभरीका ७ हजार वडाको अधिवेशन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यस्तै ७ सय ५१ वटा स्थानीय तहमा पुस ८ गते प्रदेशसभाको पुष ११ गते र प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन पुस १३ गते गरिसक्ने निर्णय पनि बैठकले गरेको छ । यस्तै एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा पुष १६ गते, प्रदेशहरुमा माघ ६ गते अधिवेशन गर्ने निर्णय कांग्रेस केन्द्रीय समितिले गरेको छ ।


  •  
  •  
  •