नेपाली कांग्रेस प्रक्रिया र सहमतिबारे छलफल गर्दै

192
  •  
  •  
  •  

काठमाडौं १७ माघ (ओएनएस) :  संविधान निर्माण प्रक्रियासँग जोडेर अलचकता अपनाउन सकिने विषयमा नेपाली कांग्रेसले छलफल गर्दैछ । बिहान पदाधाकारी बैठक बसेर प्रधानमन्त्री कोइरालालाई परेको दवाव र संविधान निर्माण प्रक्रियाका विषयमा छलफल हुनेछ । नप्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा प्रधानमन्त्री कोइरालाले विपक्षी दलसँग भइरहेको वार्ता प्रक्रियाका विषयमा जानकारी गराएपछि त्यस आधारमा निणर्य हुनेछ ।

एकीकृत माओवादी, मधेसवादीलगायत विपक्षीसँगको वार्ता, आजका लागि बोलाइएको प्रश्नावली समितिको बैठकलगायतको विषयमा छलफल हुने सहमहामन्त्री पूर्ण बहादुर खड्काले जानकारी दिए । एमालेले भने प्रक्रिया र सहमति सँगै अघि बढाउने निणर्य गरिसकेको छ ।


  •  
  •  
  •