कांग्रेसमा गुटगत राजनीति मौलाउँदै

109
  •  
  •  
  •  

काठमाडौं २१ कात्तिक ।
संविधानसभा निर्वाचनपछि संविधानसभाको सबै भन्दा ठूलो दल बनेको नेपाली कांग्रेसभित्र गुटगत राजनीति मौलाउँदै गएको छ । निर्वाचनमा अन्तरघात गरेको विषयलाई लिएर एकथरी नेतामाथि अनुशासनको कारवाही चलाइएपछि बढेको असन्तुष्टीले जन्माएको गुटसँगै पदीय असन्तुष्टीका कारण पनि कांग्रेस भित्र नयाा नयाा गुट निर्माण हुादै गएको छ । पार्टीभित्रको गुटबन्दीको श्रृंखला हिन्दु राष्ट्र अभियानसम्म आइपुग्दा नयाा स्वरुपमै देखिन थालेको छ ।
सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर भई सजायासमेत काटिसकेको केन्द्रीय सदस्य खुमबहादुर खड्काको नेतृत्वले नयाा गुटलाई क्रियाशील बनाउादै पार्टीकै नाम जोडेर हिन्दु राष्ट्र अभियान चलाएपछि गुटको प्रत्यक्ष असर सिंगो पार्टीमै पर्न थालेको छ । कांग्रेसले सरकारको नेतृत्व गरेपछि देखिएको पदीय र लाभको प्रतिष्पर्धाबाट जन्मिएका गुटका कारण पार्टीको केन्द्रीय समिति बैठकसमेत बस्न सकेको छैन ।
नयाँनयाँ गुट निर्माणसागसागै गुटगत भेला पनि तीब्र बनाइएको छ । खड्काले नेतृत्व गरेको गुटले बिहीबार हिन्दु राष्ट्र अभियानका नाममा गुटगत भेला र शक्ति प्रदर्शन गरेको छ । अनुशासनको कारबाही सिफारिस भएकी अर्की नेतृ सुजाता कोइरालाले पनि पार्टी भित्रको असन्तुष्टी र कारबाही फुकुवाको दबाव दिन आफू नेतृत्वमा बेग्लै गुट निर्माण गरेकी छन् । अनुशासनको कारबाहीमा परेकाको गुटको नेतृत्व गरेकी कोइरालाको गुटले आगामी कात्तिक २२ मा गुटगत रणनीति तय गर्न काठमाडौमा भेला डाकेको छ ।
राजधानीबाट


  •  
  •  
  •