काग्रेसको प्रस्ताव विकल्प मात्र : बडु

147
  •  
  •  
  •  

काठमाडौं, २७ असोज (ओएनएस) कांग्रेस प्रवक्ता दिलेन्द्र बडुले नेपाली काग्रेसले संघीयता र शासकीय स्वरुपमा प्रस्तुत गरेको धारणा बटमलाइन नभई विकल्प भएको बताएका छन् । उनले मुलुकमा जातीय द्वन्द्व मेटिने र सबैको पहिचान स्थापित हुने गरी कांग्रेसले अवधारणा प्रस्तुत गरेको भन्दै एकल जातीय पहिचानले हित नगर्ने भएकोले काग्रेसलाई स्वीकार्य नभएको बताए ।
सोमवार रिपोर्टस क्लबले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रवक्ता बडूले पछिल्लो अवधारणामा एमाले र कांग्रेस सहमतिको निकट रहेको भन्दै प्रस्तावको आलोचनामा समय नखर्चिन सुझाव दिए ।   बडुले संसदलाई समावेशी बनाउन सुधारिएको संसदीय ब्यवस्थाको अवधारणा काग्रेसले ल्याएको दावी गर्दै यसमा शक्ति सन्तुलन हुने विश्वास ब्यक्त गरे । उनले आगामि माघ ८ गते कुनै पनि हालतमा संविधान जारी गर्ने ठोकुवा समेत गरे ।


  •  
  •  
  •